मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री एमी ज्याक्सनले गरिन् अभिनेता वेस्टविकसँग इन्गेजमेन्ट

काठमाडौँ – अभिनेत्री एमी ज्याक्सनले इन्गेजमेन्ट गरेकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले यसकाे जानकारी दिएकी हुन् ।

ज्याक्सनले शेयर गरेको पोस्टमा उनका प्रेमी अङ्ग्रेजी अभिनेता एड वेस्टविकले स्वीजरल्याण्डको पहाडमा उनलाई  प्रपोज गरेको देख्न सकिन्छ । ज्याक्सनले फोटो शेयर गर्दै भनेकी छन्– ‘एस ।’

एमी र एड विगत केही समयदेखि एक अर्कोसँग डेट गरिरहेका छन् । यस अगाडि एमी जार्ज पानायियोटौसँगको सम्बन्धमा थिइन् । 

एमीले  ‘एक दिवाना था’ र ‘सिंह इज ब्लिंग’ अभिनय गरेकी छन् । उनले २०१२ मा फिल्म ‘एक दिवाना  था’ बाट अभिनयमा डेब्यु गरेकी थिइन् । यता एडले कयौँ अङ्ग्रेजी फिल्ममा काम गरेका छन् ।

जसमा ‘गसिप गर्ल’ र ‘रोमियो और जुलियट’ निकै महत्त्वपूर्ण मानिएको छ । एड अभिनेताको अलवा एक म्युजिशियन पनि हुन् ।

यता एमीकाे आउने फिल्म ‘क्रैक’ हो । यो फिल्ममा उनी विद्यत जामवाल, नोरा फतेही र अर्जुन रामपाल जस्ता कलाकारको साथ देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?