नेपाल सरकारका सबै वेबसाइट डाउन

काठमाडौं– नेपाल सरकारको जीओभी डट एन पी रहेका सबैजसो वेबसाइट डाउन भएका छन् । आज बिहानैदेखि सरकारी वेबसाइटमा समस्या आएको पाइएको छ ।

यद्यपि के कारणले वेबसाइट डाउन भएका हुन् भनेर खुलाइएको छैन । स्रोतका अनुसार ह्याकरले सिस्टम नै ह्याक गरेको हुनसक्ने देखिएको छ ।

यो समाचार तयार पार्दासम्म पनि उक्त डोमेनका कुनै पनि वेबसाइट खुलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?