मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

माघ १८ बाट पोखरा थिएटरमा  ‘धनिरामको गोरु’ मञ्चन हुँदै

काठमाडौँ – पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म पोखरा थिएटरमा ‘धनिरामको गोरु’ मञ्चन हुने भएको छ।

नाटकमा किसानका पीडा र उनीहरूको दैनिकी जीवनयापन, बोलीचाली, व्यवहार र लवज मिसाइएको नाटककार केदारनाथ पौडेलको भनाई छ । 

समाजमा माया, सम्मान, शत्रु, मित्र सबै हुन्छन् भन्ने भावनालाई उठाइएको बताएका उनले पछिल्लो समयमा विकास भइरहेको प्रविधि र त्यो प्रविधिलाई किसानले पनि प्रयोग गर्नुपर्ने विषयलाई नाटकमार्फत देखाइने उनले बताएका छन् ।  

१० दिनमा १२ वटा ‘सो’ मञ्चन हुने तथा प्रत्येक दिन बेलुका पाँच बजे नाटक मञ्चन हुने अध्यक्ष साबित्रा पाठकले बताइन। उनका अनुसार शनिवार एक बजे पनि नाटक मञ्चन गरिने छ।

‘धनिरामको गोरु’ हाम्रै समाजकै कथा भएकाले मञ्चनका लागि रोजाइमा परेको पाठकको भनाइ छ। पोखरामा नाटक मञ्चनलाई बढवा दिने उद्देश्यले  स्वरूप आफू र आफ्नो टिम अगाडि बढेको उनले उल्लेख गरिन ।

एक घण्टा १५ मिनेटको नाटकमा  दिलप्रसाद गुरुङ सहित विभु प्रसाद भुसाल, साबित्रा पाठक,ज्योति हमाल, शीतला अधिकारी, सुमन कार्की, रामहरि अधिकारी लगायतको अभिनय देख्न पाइने छ।

पौडेलले लेखेको नाटकलाई कपिल शर्माले निर्देशन गरेका हुन्। ‘धनिरामको गोरु’ हेर्नका लागि तीन सय, पाँच सय र एक हजार रुपैयाँको टिकट दर निर्धारण गरिएको छ। विद्यार्थीलाई भने दुई सय रुपैयाँ तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?