मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन बुढो हुँदैनन् यो गाउँका मानिस ? सबैको औषत आयु सय वर्ष !

काठमाडौँ – तपाईँलाई अचम्म लाग्न सक्छ विश्वमा यस्तो गाउँ पनि छ जहाँका मानिसहरू बुढो हुँदैनन् भन्ने सुन्दा । तर त्यसका लागि धेरै टाढा जानै पर्दैन ।

कश्मीर घाटीका हुन्जा नामक जनजाती समुदायमा औसत उमेर नै सय वर्ष भन्दा माथि छ । त्यति मात्र होइन उनीहरू बुढ्यौलीमा पनि तन्नेरी नै देखिन्छन् ।

उनीहरूको दीर्घ उमेरको कारण हो स्वस्थ्य जीवनशैली र खानपान । उक्त आदिवासी त्यो अन्न मात्र खान्छन् जो आफै उर्मान्छन् ।

उनीहरू आरु र चर्को घाममा सुकाएको ओखरको बढी सेवन गर्दछन् । खानामा आफैले उब्जाएको अन्नको दुई छाक भोजन गर्दछन् ।

कैयौँ वर्षसम्म उनीहरूका साथमा बिताएका वैज्ञानिक डा.रोबर्ट मैक्कैरिसनका अनुसार ती आदिवासी समुदाय पिउन र नुहाउन हिमनदीको पानी प्रयोग गर्दछन् ।

उनीहरू मध्ये कोही पनि अहिलेसम्म कुनै पनि रोगले ग्रसित छैनन् । त्यहाका महिलाले ६५ वर्षसम्म गर्भधारण गरेको तथ्याङ्क छ ।

कश्मीरको पाकिस्तानी क्षेत्रको गिलगित बाल्टिस्तानको पहाडका बिचमा रहेको यस गाउँका मानिसको औसत उमेर १ सय वर्ष छ । केही भने १२० वर्षसम्म जीवित रहन्छन् ।

कतिपय त १५० वर्षसम्म बाँचेको बताइन्छ । यहाँका ७० वर्षका मानिस पनि ३० बर्से युवक झैँ देखिन्छन् । अझ महिलाको हकमा उमेरले डाँडा काटेका महिला पनि युवती झैँ देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?