मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महाशिवरात्रीको अवसरमा  क्यालिफोर्नियास्थित मुक्तिनाथधाममा लघु रुद्री हुने

काठमाडौँ – अमेरिकास्थित क्यालिफोर्नियामा रहेको मुक्तिनाथधाममा फागुन २५ गते लघु रुद्री हुने भएको छ ।  महाशिवरात्रीको अवसर पारेर लघु रुद्री हुने भएको हो ।

मुक्तिनाथधाम अमेरिका निवासी करिब तीन सयभन्दा धेरै नेपालीको सामूहिक लगानीमा निर्माण भएको हो ।

धाममा दर्शनार्थीको भिड बढ्दै गइरहेको मन्दिर  सचिव  जनकराज  ढुंगानाले जानकारी दिए ।

मन्दिरको विकास र संरक्षणको लागि नेपाल सरकारको संस्कृति  पर्यटन  तथा  नागरिक  उड्डयन  मन्त्रालयसँग छलफल भइरहेको ढुंगानाले जानकारी दिए । 

अमेरिकामा  रहेका  नेपालीलाई  एकताबद्ध  गराउनुका  साथै  अमेरिकामा  नेपाली  संस्कृति,  भेषभुषा  र विविधताबारे   प्रचारप्रसार  गराउने  उद्देश्यले  शिवलिंग  प्राण  प्रतिष्ठा  रुद्राभिषेक  कार्यक्रम आयोजना गरिएको मुक्तिनाथ  धामका अध्यक्ष  अनिल   पाण्डेले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?