मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन बलिउडमा ‘रिल’ र ‘रियल’मै ‘हिट’ बाबुछोरा

काठमाडौँ – बलिउडमा धेरै फिल्म बाबु छोराको कथामा आधारित छन् । केही समय अघि रिलिज भएको ‘एनिमल’ समेत यस्तै कथावस्तुमा आधारित थियो । तर हामी यस्ता केही फिल्मका बारेमा जानकारी दिँदै छौ जसमा वास्तविक बाबुछोराले नै भूमिका निभाएका थिए । 

अमिताभ र अभिषेक बच्चन

यो सूचिमा अमिताभ बच्चन र अभिषेकको नाम पहिलो नम्बरमै आउँछ । बलिउडमा ‘बिग बी’का उपनामले समेत चिनिने अमिताभले आफ्ना छोरा अभिषेकसंग धेरै फिल्म गरेका छन् । दर्शकले यो जोडीलाई धेरै मन समेत पराए । उनीहरूले सँगै गरेको फिल्महरूमा ‘सरकार’,‘पा’,‘बन्टी और बबली’ जस्ता हिट छन् । 

धमेन्द्र,सनी र बबी देओल

बाबु छोरोको हिट जोडीको कुरा गर्दा देओल परिवार समेत यो सूचिमा अटाउँछ । अर्थात धर्मेन्द्रले पनि आफ्ना छोराहरु सनी र बबी देओलसंग फिल्म गरेका छन् । उनीहरूका बाबुछोरा मिलेर ‘अपने’,‘यमला’,‘पगला दीवाना’,‘यमला पगला दीवाना २’,‘यमला पगला दीवाना फिर से’ लगायतका सफल फिल्म दिएका छन् । 

पङ्कज र शाहिद कपूर 

बलिउडमा आफ्नो गम्भीर अभिनयले पङ्कज कपुरले छुट्टै स्थान बनाएका छन् । उनका छोरा हुन शाहीद कपूर । उनीहरूको जोडीले पनि एक पछि अर्को सफल फिल्म बलिउडलाई दिएका छन् । पङ्कज र शाहीद कपूर ‘मौसम’,‘जुर्सी’ र ‘मटरु की बिजली का मन्डोल’ जस्ता फिल्ममा एकसाथ देखिएका छन् । 

ऋषी र रणबीर कपूर

‘एनिमल’ मा रणबीरले यस्तो छोराको भूमिका निभाएका छन् । जसले बाबुको माया पाउँदैन । यो फिल्ममा अनिल कपूर रणबीरको बाबुको भूमिकामा देखिएका थिए । तर यस अघि नै रणबीरले आफ्ना बुबा ऋषी कपूरसंग बाबुछोराको कथा भएको फिल्म गरिसकेका छन् । दर्शकलाई ‘बेशरम’ फिल्ममा उनीहरूको जोडी खुब मन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?