मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धेरै सुत्ने बानिले निम्त्याउन सक्छ यस्ता गम्भीर रोगहरू

मानव स्वास्थ्यका हिसाबले आठ घण्टा निन्द्रा आवश्यक छ । निन्द्रा सबैलाई प्यारो हुन्छ ।  यो जाडोको मौसममा त अझ सकेसम्म धेरै निदाउन पाए हुन्थ्यो भन्ने सबैलाई लाग्नु स्वाभाविक पनि हो ।

साथै जति धेरै समयसम्म सुत्यो स्वास्थ्यका लागि त्यति नै फाइदाजनक हुन्छ भन्ने हाम्रो आम बुझाई छ । धेरैजसो मानिसहरूलाई छुट्टीको समयमा ढिलासम्म सुत्न मन पर्छ ।

तर समस्या तब हुन सुरु हुन्छ जब तपाईँलाई ढिलासम्म सुत्ने आदत लाग्नेछ । र बिस्तारै स्वास्थ्य समस्याहरू बाट ग्रसित हुन थाल्नु हुन्छ । वास्तवमा धेरै सुत्ने बानिले गम्भीर रोगहरू निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन् । 

धेरै समयसम्म सुत्नाले निम्त्याउँछ यस्ता समस्या :

डिप्रेसन

धेरै सुत्ने बानिले डिप्रेसनको सम्भावना हुन्छ । धेरै सुत्नु डिप्रेसनको कारण बन्न सक्छ । यो मात्र हैन, लामो समयसम्म सुत्दा व्यक्तिको दिमाग पनि सुस्त हुन्छ । दैनिक काममा पनि उसको मन लाग्दैन ।

मोटोपन 

व्यक्ति आफ्नो अधिकांश समय खाने, बस्ने वा सुतेर बिताउँछ जसले मोटोपन बढ्ने समस्या निम्त्याउँछ । यति मात्र होइन, यसको कारणले पाचन प्रक्रिया पनि सुस्त हुन थाल्छ र कब्जियतको समस्याले पनि मानिसलाई दुःख दिन थाल्दछ ।

मधुमेह 

लामो समयसम्म सुत्नुले व्यक्तिको शारीरिक गतिविधि घटाउँछ र चिनीको स्तर बढ्ने खतरा बढ्छ । एक अध्ययन अनुसार ९ घण्टाभन्दा बढी सुत्नाले व्यक्तिको शरीरमा चिनीको खतरा बढ्छ ।

मुटु रोग 

अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार धेरै सुत्दा मुटु रोगको खतरा बढ्छ । यस अध्ययनका अनुसार ९ देखि ११ घण्टा सुत्नेहरूमा मुटुरोगको सम्भावना ३८ प्रतिशतले वृद्धि हुन्छ ।

ढाड दुख्ने

लामो समयसम्म सुत्दा पिठ्यूँ, गर्धन र काँध दुख्ने समस्या हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?