मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्रान्स भारतसँग अन्तरिक्ष र रक्षा लगायतका क्षेत्रमा सहयोग गर्न सहमत

काठमाडौं – भारत र फ्रान्सले रक्षा, अन्तरिक्ष र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने भएका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन दुई दिने भ्रमणको क्रममा भारतसँग स्वास्थ्य, अन्तरिक्ष र रक्षा लगायतका क्षेत्रमा सहयोग गर्न सहमत भएका हुन्।

दुई पक्षहरू प्रमुख सैन्य हार्डवेयर र प्लेटफर्महरूको सह–विकास र सह–उत्पादनमा सहमत भएको बताइएको छ। अन्तरिक्ष, भूमि युद्ध, साइबरस्पेस र कृत्रिम बुद्धिमत्ता लगायतका क्षेत्रहरूमा टेक्नोलोजी सहयोगलाई सहज बनाउने दुई देशबीचमा सहमति भएको हो।

दुवै पक्षले रक्षा–अन्तरिक्ष साझेदारीमा एक सम्झौतामा पनि सहमति जनाएका छन् । साथै स्याटेलाइट प्रक्षेपणमा न्यू स्पेस इण्डिया लिमिटेड र फ्रान्सेली कम्पनी एरियनस्पेसबीच समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

भारतीय विदेशसचिव विनयमोहन क्वात्राकाअनुसार टाटा र एयरबस हेलिकप्टरबीच स्थानीय कम्पोनेन्टसहितको एच १२५ हेलिकप्टर उत्पादनका लागि साझेदारी गर्न दुवै पक्ष सहमत भएका छन्।

दुवै पक्षले स्वास्थ्य सेवा, शिक्षा, तालिम र अनुसन्धान जस्ता क्षेत्रमा आ–आफ्ना स्वास्थ्य मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?