मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पल र पूजा फेरि सहकार्य गर्दै

काठमाडों- अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा फेरि सँगै फिल्ममा देखिने चएका छन् । निर्देशक सुदर्शन थापाले बनाउन लागेको ‘म यस्तो गीत गाउँछु ३’मा पल र पूजा सँगै सहकार्य गर्दै छन् ।

पछिल्लो केही समय पल र पूजाबीच सम्बन्ध विग्रिएको चर्चाबीच उनीहरुको फेरि फिल्ममा जोडी बाँधिन लागेका हुन् । यो फिल्मका लागी पल र पूजाले काम गर्ने सहमति जनाइसकेको स्रोतले जनाएको छ । त्यसो त यसका अघिल्ला दुईवटै श्रृंखलामा उनीहरुले जोडी भएर एकसाथ काम गरिसकेका छन् ।

‘म यस्तो गीत गाउँछु ३’मा सहकार्य हुने भएपछि पल र पूजा एकअर्कासँग फेरि नजिक बन्ने प्रयास गरिरहेको बताइन्छ । आइतबार पूजाले पलको अभिनय रहने फिल्म ‘पूजार सार्की’को पोस्टर सेअर गदै ‘मनपर्ने हिरो’ भन्दै प्रशंसा गर्नुले पनि उनीहरुको सम्बन्ध सुधारउन्मुख रहेको बुझाउँछ । पल र पूजाको निर्देशक थापासँग भने सुमधुर सम्बन्ध छ । दुवैको करिअर बचाउने नै सुदर्शन हुन् ।

‘प्रेमगीत’ जोडी प्रदीप खड्का र पूजालाई पनि फेरि एकपटक पर्दामा उतार्ने सोचमा निर्देशक थापा रहेको चर्चा छ । प्रदीपले अर्को वर्ष सुदर्शनको एउटा फिल्म काम गर्दैछन् । सम्भवतः त्यही फिल्ममा उनको पूजासँग सहकार्य हुने सम्भावना प्रवल छ । यो जोडी पुनः पर्दामा देखिँदा दर्शकका लागि पनि ठूलो ‘सरप्राइज’ हुनेछ । पल-पूजा र प्रदीप-पूजा नेपाली फिल्मका रुचाइएका जोडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?