मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म दुखी आत्मामा अभिनेत्री आंचल शर्मा अनुबन्धित

काठमाडौं – फिल्म दुखी आत्मामा अभिनेत्री आंचल शर्मा भित्रिएकी छिन् । लेखक तथा निर्देशक दीपेन्द्र लामाको नयाँ चलचित्र ‘दुखी आत्मा’ आगामी चैत्रमा छायांकन गरिने तयारी छ ।

चलचित्र निर्माण ब्यानर क्लक वर्क कृएसनको प्रमुख भूमिकामा अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्ध गरेको हो । स्क्रिप्टको माग अनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन् ।

अभिनेता दयाहाङ राई यस अघिनै अनुबन्धित भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । यसपछि यही टिमले तेश्रो सहकार्य स्वरुप ‘नाङ्गो गाउँ २’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।

निमार्ण पक्षका अनुसार फिलम ‘दुखी आत्मा’ को स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा पुगेको छ । चलचित्रका अन्य कलाकार,प्राबिधिक चयन कार्य केही समयमा गरिने जानकारी निर्माता हिमालले दिएका छन् । काठमाडौंको सेरोफेरोमा खिचिने सोसियल कमेडी जनराको चलचित्रको बितरण आरआर फिल्मस्ले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?