मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रणवीर कपूर र आलिया भट्टलाई बेस्ट एक्टर्स फिल्मफेयर अवार्ड

काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको छ । आइतबार भारतको गुजरातमा आयोजित भव्य कार्यक्रममा भट्टलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको हो ।

फिल्म ‘रकी र रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत उनलाई अवार्ड दिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यस्तै रणवीर कपूरले पनि फिल्म ‘एनिमल’ मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।

‘१२वीं फेल’ ले २०२३ को उत्कृष्ट फिल्मको अवार्ड पाएको छ भने फिल्मका निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।

विक्की कौशललाई फिल्म डन्कीमा अभिनय गरेबापत सर्वोत्कृष्ट अभिनेता ‘सहयोगी भूमिका’ को उपाधि दिइएको छ । फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत शबाना आजमीलाई सर्वोत्कृष्ट अभिनेत्री ‘सहयोगी भूमिका’ को अवार्ड दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?