मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘वेब सिरिज’ बनाउँदै आश्मा र सरोज

काठमाडौँ – आश्मा विश्वकर्मा र सरोज अधिकारी फिल्म निर्माणको तयारीमा लागेका छन् । यसैको गृहकार्यमा रहेको उनीहरूको समुह ‘कार्टुन क्रु’ ले वेब सिरिज बनाउन लागेको हो । 

बताइए अनुसार आगामी दुई वर्षमा कथानक फिल्म ल्याउने यो समूहको तयारी भने अहिले  ‘स्वस्थानी भर्सेस ग्याङ’ वेब सिरिजको छायांकन भइरहेको छ ।

क्रुले ललितपुरका विभिन्न क्षेत्रमा यो एड्भेन्चर र कमेडी सिरिजको छायांकन गरिरहेका हो  ।

कुल १० एपिसोडको हुने यो सिरिजमा अग्रज अभिनेत्री लक्ष्मी गिरी, जिवेश गुरुङ, अस्मिता खनाल, अभिप्सा खनाल, विजय अधिकारी र संयोग गुरागाईंको अभिनय रहने भने क्रुकै युट्यव च्यानलबाट यसको प्रसारण गरिने छ । 

बेब सिरिज  ‘स्वस्थानी भर्सेस ग्याङ’विवाहको जग्गे छाडेर भागेकी केटीको कथा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?