मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका मेनुका पौडेललाई एआई जडित ‘स्मार्ट चस्मा’, केके काम गर्न सक्छिन् त अब ?

काठमाडौँ-गायिका मेनुका पौडेलले एकपछि अर्को सफलता हात पारिरहेकी छन् । 

भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा उनी उत्कृष्ट १० मा परेकोपछि मेनुका पौडेललाई आर्टिफिसियल इन्टिलिजेन्स (एआई) जडित स्मार्ट भिजन चस्मा उपहार दिइएको छ । 

‘गिफ्ट अफ साइट’का रूपमा मेनुकालाई भारतीय नेत्र चिकित्सक डाक्टर नितिन देधियाले स्मार्ट भिजन ग्लास उपलब्ध गराएका हुन् ।

यो (Smart Vision Sensor Glasses powered by Artificial Intelligence -AI) अर्थात एआई जडित विशेष चस्मा हो ।

यो चस्मा लगाएपछि मेनुकाले रियाज गर्न, पढ्न, हिँडेर कतै जान, नजिक भएको मान्छे वा वस्तु पहिचान गर्न सक्ने डाक्टरहरूले बताएका छन् । 

आइतबार प्रसारित इण्डियन आइडलको एपिसोडमा मेनुकाले सो चस्मा लगाएर डेमो प्रदर्शन समेत गरेकी थिइन् । 

यसअघि एक डाक्टरले मेनुकाको आँखा परीक्षण गर्दा उनको अप्टिक नर्भ सुख्खा भएकाले दृष्टि फिर्ता गर्न नसकिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?