मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसैले थाहा नपाउने गरी कसरी गर्ने कल रेकर्डिङ? अपनाउनुहोस् यो उपाय

काठमाडौँ– तपाइले यदि कुनै कल रेकर्ड गर्न चाहनुभयो भने कल रेकर्डिङ सुरु हुने वेलामा यो कल रेकर्ड भइरहेको छ भनी पहिल्यै घोषणा हुने गर्दछ । 

यो घोषणा जसको कल रेकर्ड हुँदै छ त्यो व्यक्तिले पनि सुन्ने गर्दछ । किनकि अनुमति बिना कसैको कल रेकर्ड गर्नु गोपनीयताको हक हनन् गर्नु हो । 

तर कतिपय अवस्थाहरु यस्ता पनि आउन सक्छन की कसैलाई थाहा नदिई कल रेकर्डिङ गर्नुपर्ने हुनसक्छ । 

त्यसैले आज हामी यहाँ एउटा ट्रिकको बारेमा भन्छौ जसका कारण यदि तपाईँले यसलाई अन गर्नुभयो भने कल रेकर्डिङ सुरु गर्दा कुनै पनि घोषणा गरिने छैन ।

अर्थात् तपाई कल रेकर्ड गरिरहेको कुरा अन्य व्यक्तिलाई थाहा नदिई कल रेकर्ड गर्न सक्षम हुन सक्नुहुनेछ । 

सर्वप्रथम त आफ्नो एन्ड्रोइड फोनको कन्ट्याक्टमा गएर ‘सेटिङ्स’ मा क्लिक गर्नुहोस् । त्यसपछि ‘कल रेकर्डिङ’ विकल्प देख्नुहुनेछ । 

त्यसपछि तपाईँले ‘डिस्क्लेमरको सट्टा अडियो टोन प्ले गर्नुहोस’ भन्ने विकल्प पाउनुहुनेछ । त्यसलाई अन गर्नुपर्ने हुन्छ । 

यो विकल्प अन गरिसकेपछि अर्को पटक तपाईँले कसैलाई कल गर्नुहुन्छ, यस समयमा कुनै घोषणा हुनेछैन, जसको कारण अगाडिको व्यक्तिले कल रेकर्ड भइरहेको छ वा छैन भनेर बुझ्न सक्षम हुनेछैन ।

तर सचेत रहनुहोस् तपाईँले कल रेकर्डिङको दुरुपयोग वा गैर कानुनी काममा प्रयोग गर्ने जस्ता केही गलत गर्नुभयो भने, तपाई विरुद्ध कारबाही हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?