काठमाडौँ – विमानको आकस्मिक ढोका खोलेर पङ्खामाथि हिँडेको भन्दै मेक्सिकोमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
घटना गएको बिहीबार बिहान ११ः३० बजेतिरको हो । एरोमेक्सिकोको विमान मेक्सिको सहरबाट ग्वाटेमालातर्फ जाने तयारीमा थियो ।
तर धावनमार्गमा मर्मत सम्भारको काम भइरहँदा विमानको उडानमा ढिलाइ भयो । यही कारण यात्रीहरू एसी र पानीविहीन भएर बस्न घण्टौँसम्म बाध्य भएका थिए ।
त्यसपछि ती यात्री आकस्मिक ढोका खोलेर पङ्खामाथि हिँडेका थिए ।
तर विमानका अन्य यात्रीहरूले भने आकस्मिक ढोका खोल्ने ती पुरुषको पक्षमा उभिएका छन् । एउटा संयुक्त विज्ञप्ति निकाल्दै सबै यात्रीहरूले ती पुरुषको समर्थन गरेका छन् ।
आकस्मिक झ्याल खोलेर ती पुरुषले आफूहरूको ज्यान जोगाइदिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया