मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनरको स्मार्टफोन ‘अनर एक्स नाइन बी’ नेपाली बजारमा उपलब्ध, कति पर्छ मूल्य ?

काठमाडौँ– हालै सार्वजनिक भएको अनरको स्मार्टफोन ‘अनर एक्स नाइन बी’ नेपाली बजारमा समेत उपलब्ध भएको छ । 

यसअघि २७ जनवरीसम्म प्रिअर्डर खुलाइएको यो स्मार्टफोनलाई अनरको नेपाल स्थित आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रा.लि. ले नेपाली बजारमा ल्याएको हो । 

‘अनब्रेकेबल स्मार्टफोन’ ट्यागलाइनमा आएको यो फोनमा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो गरी पछाडि ट्रिपल क्यामेरा सेटअप गरिएको छ । 

त्यस्तै सेल्फीका लागि १६ मेगापिक्सेल क्यामेरा छ ।

६.७८ इन्च एमोलेड कर्भ्ड डिस्प्ले रहेको फोनमा ५८०० एमएएच क्षमताको ब्याट्री रहेको कम्पनीले ेजनाएको छ । 

यो फोनमा अल्ट्रा बाउन्स एन्टी ड्रप डिस्प्ले रहेको र बलियो प्रोटेक्टिभ ग्लास सहित तीन तहको डिस्प्ले टेक्नोलोजी रहेको कम्पनीको भनाइ छ ।  

कम्पनीले पाँच फिटबाट फोन ड्रप गर्दा पनि कुनै क्षति नहुने गरी फोनको फ्रेम र कम्पोनेन्टहरू डिजाइन गरिएको दाबी कम्पनीले गरेको छ ।

त्यस्तै फोनमा आईपी ५३ वाटर एन्ड डस्ट रेसिस्टेन्स समेत रहेको छ ।  नेपाली बजारमा १२ जीबी ‍र्‍याम तथा २५६ जीबी भेरियन्टमा उपलब्ध हुने यो फोनको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?