मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुनव्वर फारुकीले जिते बिग बोस –१७ को उपाधि

काठमाडौँ – भारतीय रियालिटी शो बिग बोसले १७ औँ संस्करणको उपाधी मुनव्वर फारुकीले प्राप्त गरेका छन् ।

आइतबार राति बिग बोसको १७ औँ संस्करणको विजेता घोषणा गरिएको हो । ‘लकअप सिजन १’ पछि मुनव्वरले यो अर्को ठूलो उपाधि जितेका हुन् । 

अभिनेता सलमान खानले सञ्चालन गर्दै आएको भारतीय टेलिभिजनको सबैभन्दा रोमाञ्चक तथा विवादास्पद यो शो ‘बिग बोस १७’ को उत्कृष्ट पाँचमा अंकिता लोखण्डे, मुनव्वर फारुकी, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए । तर फिनालेमा एक–एक प्रतियोगी शोबाट बाहिरिएपछि अन्तिममा अभिषेक कुमार र मुनव्वर मात्र थिए ।

अन्तत फारुकीले उपाधी जिते । उनी स्ट्यान्ड–अप कमेडियन पनि हुन् ।

उनले ट्रफीसँगै ५० लाख रुपैंयाँ र हुण्डाईको क्रेटा कार पाएका छन् । उनको जितसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो लागेको छ ।

ट्वीटरमा लगातार मुनब्बरको नाम ट्रेन्डिङ भइरहेको छ । यो सिजनको सुरुवात गत १६ अक्टुबरमा भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?