मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ल्यापटपको ब्याट्री चाँडै समाप्त हुनबाट जोगाउन अपनाउनुहोस् यस्ता उपाय 

काठमाडौँ‍– मानिसहरू सूचना प्रविधिको युगमा प्रवेश गरेसँगै कार्यालयको लागि होस् या अन्य विभिन्न प्रयोजनको लागि ल्यापटपको आवश्यकता समेत बढ्दै गएको छ । 

मानिसहरूले आजभोलि धेरैजसो काममा पनि ल्यापटपको प्रयोग गर्न थालेका छन् । 

तर ल्यापटपको ब्याट्री छिट्टै समाप्त हुन्छ भन्ने गुनासो पनि धेरैले गर्ने गर्दछन् । धेरै प्रयोग गरिने भएपछि ।

यी टिप्स पालना गरेपछि ब्याट्री छिट्टै समाप्त हुनु स्वाभाविकै कुरा हो तर तल दिएका जस्ता केही कुराहरूको पालना गर्दा तपाईँको ल्यापटपको ब्याट्री लामो समयसम्म टिक्न सक्छ ।

तपाईँले ल्यापटपको ब्याट्री लाइफ सुधार्नको लागि ब्याट्री सेटिङका केही विकल्पहरु  थाहा पाएर तिनलाई सक्षम गर्न सक्नुभयो भने पनि तपाईँको ल्यापटपको ब्याट्रीको आयु बढ्न सक्छ । 

यस बाहेक, ब्याट्री बचत गर्न हाइबरनेट मोडहरूमा पनि पूर्ण ध्यान दिनुपर्छ । ल्यापटपको ब्याट्री पूर्ण रूपमा समाप्त हुनु अघि तपाईँले आफ्नो ल्यापटपलाई हाइबरनेट मोडमा बदल्नु पर्दछ । 

यति मात्र नभई ल्यापटपको ब्याकग्राउन्डमा चल्ने सबै एपहरू बन्द गर्नुपर्छ । किनकि ब्याकग्राउन्ड एपहरूले धेरै ब्याट्री खपत गर्छन् । यसलाई बन्द गरेमा ब्याट्री खपत कम हुनेछ ल्यापटपको ब्याट्री डिस्चार्ज हुनबाट केही हदसम्म रोकिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?