मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इन्स्टाग्राम र फेसबुकमा किशोर किशोरीका लागि नयाँ ‘सिस्टम’ लागु गर्दै मेटा

काठमाडौँ- ३० भन्दा बढी अमेरिकी राज्यहरूले मेटा विरुद्ध विभिन्न आरोप लगाउँदै मुद्दा दायरसँगै मेटाले इन्स्टाग्राम र फेसबुकमा किशोर किशोरीहरूको लागि नयाँ सिस्टम लागु गर्ने भएको छ । 

सामाजिक सञ्जालमा किशोर किशोरीहरूको सुरक्षाको बारेमा चलिरहेको चिन्ताको जवाफमा, मेटाले इन्स्टाग्राम र फेसबुकमा किशोरहरूको लागि कडा डिफल्ट डाइरेक्ट मेसेजिङ सेटिङ लागू गर्ने भएको हो । 

जसअनुसार मेटाको भर्खरको ब्लग पोस्टमा कम्पनीले किशोर किशोरीहरूले फलो नगरेको व्यक्तिसँग सन्देश पठाउन सकिने छैन । यस्तै पहिले नै कनेक्सन नभएका व्यक्तिहरूबाट डाइरेक्ट मेसेज प्राप्त गर्ने विकल्पलाई पनि नयाँ सिस्टमले असक्षम पार्नेछ ।

यो परिवर्तन वयस्कहरूमा मात्र नभई अन्य किशोरहरूमा पनि लागू एक रिपाेर्टमा उल्लेख गरिएको छ ।

यस्तै पर्यवेक्षित अकाउन्टको हकमा किशोरहरूलाई यी सेटिङहरू परिमार्जन गर्न अभिभावकको स्वीकृति चाहिनेछ भने यो नियम मेसेन्जरमा पनि विस्तार हुनेछ ।

यसअघि अक्टोबर २०२३ मा, ३० भन्दा बढी अमेरिकी राज्यहरूले मेटा विरुद्ध हानिकारक युवा मार्केटिङ अभ्यासहरूमा संलग्न भएको आरोप लगाउँदै मुद्दा समेत दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?