मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हाे ‘डिपफेक’ ? यी हुन् डिपफेक भिडिओ पहिचान गर्ने तरिका

काठमाडौँ – पछिल्लो समय ‘डिपफेक’को चर्चा निकै हुने गरेको छ । सूचना प्रविधिको दुनियाँमा हामीले जे देखिरहेका छौं, त्यो शत प्रतिशत सत्य हुन्छ भन्ने छैन। जसरी सामाजिक सञ्जालमा भ्रामक तरिकाले समाचारहरू सम्प्रेषण गरिन्छ, त्यसैगरी भिडियोहरू पनि भ्रामक तरिकाले सम्प्रेषण गरिन्छ।  

आर्टिफेसियल इन्टेलिजेन्स (एआई) वा अन्य एपको सहयोगमा कुनै व्यक्तिको अनुहार, बोली र हाउभाउ दुरुस्तै हुने गरी भिडियो बनाउने यही प्रविधिलाई ‘डिपफेक’ भनिन्छ । जसमा वास्तविक भिडियो र डुप्लिकेट भिडियो कुन हो भन्ने पहिचान गर्न निकै गाह्रो हुन्छ। यसको चरम दुरुपयोग हुँदा पछिल्लो समय सेलिब्रेटीहरुको करिअरमासमेत गम्भीर असर पर्न थालेको छ ।

‘डिपफेक’ प्रविधिले कसरी काम गर्छ ?

डिपफेक एआईले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी कुनै दोस्रो व्यक्तिको फोटो, अडियो वा भिडिओ बनाउने काम गर्छ । जसका लागि दुई ओटा एल्गोरिदमको सहायता आवश्यक पर्छ ।

पहिलो जेनेरेटर र अर्को हो डिस्क्रिमिनेटर । जेनेरेटरले नक्कली कन्टेन्ट बनाउने । र, डिस्क्रिमिनेटरले उक्त नक्कली कन्टेन्ट कत्तिको सक्कली जस्तो देखिन्छ भन्ने पहिचान गर्छ ।

अर्थात् जबसम्म फेक फोटो वा भिडिओ सक्कली जस्तो लाग्दैन तबसम्म डिस्क्रिमिनेटरले त्यसलाई ठिक बनाउँछ ।

यही जेनेरेटर र डिस्क्रिमिनेटर एल्गोरिदमको संयोजनलाई जेनेरेटिभ एड्भर्सेरियल नेटवर्क (जीएएन) भनिन्छ । जीएएनले डिप लर्निङको प्रयोग गरी नक्कली कन्टेन्ट तयार पार्छ । फोटो मात्र नभइ भ्वाइस पनि डिप फेक प्रविधिद्वारा तयार पारिन्छ ।

कसरी चिन्ने ?
सबैभन्दा पहिला अनुहार र कानको आकारमा ध्यान दिन जरुरी छ । त्यसका लागि तपाईँले अन्य कुनै असली भिडिओसँग तुलना पनि गर्न सक्नुहुन्छ ।

आँखाको माथि आँखीभौँको क्रियाकलापलाई पनि चेक गर्न सकिन्छ भने आँखाको आँखाको गतिविधिलाई ध्यानसँग हेर्दा केही फरक पाइन्छ । 

भिडिओसँग आवाज सही तरिकाले मिलेको छ कि छैन,तिनीहरूको शरीरको रङ्गबाट कस्तो छ भन्ने ध्यान दिदा पनि यो पत्ता लगाउन सकिन्छ ।

सामान्यतया यस्ता भिडियोहरूमा अनुहार र शरीरको रङ्ग मेल खाँदैनन् । यसबाहेक भिडिओ ग्लिचको माध्यमबाट पनि नक्कली भिडिओ पहिचान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?