मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मासु खाँदा विचार गर्नुहोस् यी कुरा,नत्र हुनुहुनेछ रोगको सिकार

काठमाडौँ – मासु भन्ने बित्तिकै हाम्रो मुख रसाउँछ । सायदै मासुको स्वाद मन नपराउने व्यक्ति निकै थोरै मात्रामा हुन्छन् । कतिपय अवस्थामा मासु खान छाडेका व्यक्तिहरू पछि पुनः खान थालेको हामीले गाउँ समाजमा देखिरहेका हुन्छौ ।

हुन त मासु हाम्रो स्वास्थ्यका लागि आवश्यक तत्त्व हो । मासुमा भएको पोषक तत्त्वले हाम्रो शरीरमा आवश्यक पोषक तत्त्वको अभाव पुरा गर्छ ।

तर, मासु खाँदा ठिक्क र मज्जाले पाकेको मात्र खानु पर्दछ । मासु खाँदा हामीले धरै कुरामा ध्यान पुर्‍याउन आवश्यक छ । अन्यथा बिरामीसमेत पर्न सकिन्छ ।

जवान मान्छेले एक दिनमा २५० ग्रामसम्म मासु खानु राम्रो मानिने चिकित्सकले बताएका छन् । बढी मासु खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन र धेरै दिनसम्म फ्रिजमा राखेको वा भुटेको वा सुकुटी बनाएर राखेको मासु पनि धेरै खानु हुँदैन । यसरी राखिएको मासु सङ्क्रमित हुने जोखिम धेरै हुन्छ ।

मासुको सेवनमा जथाभाबी गर्ने र होसियारी नअपनाउने हो भने अस्वस्थ मासुकै कारण हाम्रो शरीरमा डेढ सय भन्दा बढी प्रकारका रोगको सङ्क्रमणको खतरा हुनसक्ने चिकित्सकहरू बताउँछ ।

मासु खाँदा ध्यान दिनुपर्ने कुराहरू :

– हामीले सकेसम्म पोलेको मासु खानु हुँदैन । साधारण तरिकाले पकाएको वा उमालेको मासु स्वास्थ्यकर मानिन्छ ।

– मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, कोलेस्ट्रोल लगायतका समस्या भएका व्यक्तिले बोसो नभएका मासु र उसिनेर मासु खानु राम्रो मानिन्छ ।

– उसिनेको मासुमा थोरै जिराको धुलो र कागती राखेर खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।

– मासु खाएपछि एकै ठाउँमा बस्नु हुँदैन, मासु खाएपछि हल्का व्यायाम गर्नुपर्छ । लगभग आधा घण्टा हिँड्दा निकै लाभ हुन्छ ।

– रातो मासु भन्दा स्वास्थ्यको लागि सेतो मासु फाइदाजनक मानिन्छ ।

– बोसो कम सेवन गर्न चाहनेले कुखुराको भन्दा खसीको मासुबाट बोसो छुट्टाएर प्रयोग गर्दा राम्रो हुन्छ ।

–  मासु खाइसकेपछि केही असहज महसुस भयो भने कागती पानी र ज्वानो पानी खान सकिन्छ।

– हामीले जहिले पनि ताजा र सफा मासु मात्र खानुपर्छ ।

– हप्तामा एक पटक मात्र मासु खानु निकै लाभदायी मानिन्छ ।

– मासु खाँदा छाला नखानु स्वास्थ्यको लागि राम्रो हुन्छ ।

– मासु पकाउँदा तेलको मात्रा ठिक्क मात्र लगाउनु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?