मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगल म्याप्समा कसरी गर्ने ‘लाइभ लोकेसन’ सेयर

काठमाडौँ- धेरै मानिसले अज्ञात स्थानहरूमा नेभिगेट गर्न र गन्तव्यमा पुग्नका लागि धेरै मानिसले प्रयोग गर्ने लोकप्रिय नेभिगेसन एप गुगल म्याप्स हो ।

सुरुमा गुगल म्याप्स रुट पहिचानका लागि मात्रै ल्याइएपनि अहिले यसमा धेरै नयाँ सुविधाहरू थपिएका छन् । 

यो एपको प्रयोग गर्दा तपाइले लाइभ स्थान आफ्ना साथी र परिवारलाई सेयर पनि गर्न सक्नुहुन्छ तर कतिपयलाई यो सेयर कसरी गरिन्छ भन्नेवारे थाहा नहुन पनि सक्छ ।  

त्यस कारण आज हामी तपाईँलाई यो सुविधा प्रयोग गर्न तलका उपायहरू अपनाउन सक्नुहुन्छ ।

१. आफ्नो मोबाइल फोनमा गुगल म्याप्स खोलिसकेपछि माथिल्लो बायाँ कुनामा रहेको प्रोफाइल आइकनमा क्लिक गर्नुपर्छ ।

२. त्यहाँ धेरै विकल्पहरू देखिन्छन् तीमध्ये तपाईँले स्थान साझेदारी अर्थात Location Sharing विकल्पमा क्लिक गर्नुपर्छ ।

३. त्यसपछि New Share  अर्थात न्यू शेयर अप्सनमा क्लिक गर्नुपर्छ । यसपछि अब लाइभ स्थानको अवधि चयन गरेपछि तपाईँले आफ्नो लाइभ लोकेसन पठाउन चाहनु भएको कन्ट्याक्ट चयन गर्नुपर्छ ।

यसपछि तपाईँको लाइभ लोकेसन अर्को व्यक्तिले म्यासेज मार्फत प्राप्त गर्नेछ । यसका अतिरिक्त आफ्नो लाइभ स्थान ह्वाट्सएप मार्फत पनि पठाउन सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?