मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्ल्याकहोलको अध्ययनमा भारत, ईसरोद्वारा नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण

काठमाडाैँ – सन २०२३ मा  चन्द्रमामा नयाँ इतिहास रचेको  भारतले २०२४ पहिलो दिनमै ब्रह्माण्ड र यसको सबैभन्दा चिरस्थायी रहस्यहरूमध्ये एक ब्ल्याकहोलबारे थप अध्ययनका लागि  महत्त्वाकाङ्क्षी मिसन सुरु गरेको छ । 

यही मिसन अन्तर्गत भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (ईसरो) ले आज नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गरेको हो।  ईसरोले पीएसएलभी–सी ५८ मार्फत एक्सपोस्याट नामक उपग्रह अन्तरिक्षमा पठाएको छ। यससँगै अन्य १० उपग्रह पनि अन्तरिक्षतर्फ पठाइएको छ ।

सुरुमा डिसेम्बरको अन्त्यतिर एक्सपोस्याट सञ्चालन गर्ने योजना थियो । यो मिसन आइतबार बिहान श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो । 

बम्बईको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका एस्ट्रोफिजिसिस्ट डा.वरुण भालेरावका अनुसार  ‘नासाको २०२१ को इमेजिङ मिसन पछि यो दोस्रो यस्तो मिसन हो, जुन मिशनले तारकीय अवशेषहरू वा मृत ताराहरू बुझ्ने प्रयास गर्नेछ । 

ईसरोले पाँच वर्षसम्म काम गर्ने गरी डिजाइन गरिएको यो उपग्रह पृथ्वीभन्दा ६५० किलोमिटर तल पृथ्वीको कक्षमा राख्नेछ।  
त्यस्तै यसले ब्रह्माण्डलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्ने खालका महत्त्वपूर्ण एक्स–रे डाटा सङ्कलन गर्नेछ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?