मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मनाङबाट खुस्माको पहिलो सेड्यूलको छायाँकन सुरु

काठमाडौं – फिल्म खुस्माको पहिलो सेड्यूलको छायाँकन ‘मनाङबाट सुरु भएको छ । यहि माघ महिनाको १० गतेबाट सिनेमाले आफ्नो पहिलो सेड्यूल सुरु गरेको हो ।

हिउँका दृश्यहरु सिनेमाको महत्वपूर्ण अंग भएकाले हिमाली जिल्लामा मनाङ ‘खुस्मा’को पहिलो सेड्यूलको छायाँकन सुरु भएको छ । यो सिनेमाबाट अभिनेता धिरज मगर र अभिनेत्री उपसना सिंह ठकुरीले पहिलोपटक रिल जोडी बनेर पर्दामा आउँदैछन् ।

सिनेमालाई डेब्यू निर्देशक अशोक थापा मगरले निर्देशन गरिरहेका छन् । अशोक डकुमेन्ट्री फिल्मबाट अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत निर्देशक हुन् । उनले डकुमेन्टरी फिल्ममा नौ वटा विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलबाट अवार्ड प्राप्त गरिसकेका छन् ।

यो सिनेमाबाट उनले फिचर सिनेमामा डेब्यू गर्न लागेका हुन् । मनाङमा आफ्नो १० दिने सुटिङ तालिका सकेर युनिट बाँकी छायाँकनका लागि पूर्वी रुकुम जानेछ ।

ॐ एम मिडिया प्रा।लि।को प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् । खुस्मा’मा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायाँकार रहनेछन् ।

सिनेमामा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन ९खबपु० तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा।लि।को ब्यानरमा निर्माण हुनेछ । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?