मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘मनसरा’को ६५ प्रतिशत छायांकन सकियो

काठमाडौं – फिल्म ‘मनसरा’को ६५ प्रतिशत छायांकन सकिएको छ । दयाहाङ राई तथा मिरुना मगर स्टारर सिनेमा विगत २० दिनदेखि सिनेमाको ललितपुर नख्खीपोट आसपासमा धमाधम छायांकन भइरहेको छ ।

अभिनेता दयाहाङ ‘भूठान’को छायांकनका लागि हाल अमेरिका पुगिसकेका छन् । उनी अमेरिकाबाट पुगेको भएपनि हाल ‘मनसरा’मा मिरुना, मेनुका प्रधान तथा प्रविण खतिवडाका दृश्यहरुको छायांकन धमाधम चलिरहेको छ । दयाहाङ सिनेमाको बाँकी छायांकनका लागि २० २२ गतेसम्ममा नेपाल फर्किने फिल्म निमार्ण पक्षले जनाएको छ ।

दयाहाङ नेपाल आएपछि सिनेमा छायांकनका लागि ललितपुरपछि पाँचथर पुग्नेछन् । यस वर्षको ब्लकबस्टर सिनेमा ‘जारी’का निर्देशक उपेन्द्र सुब्बा यो सिनेमाका निर्देशक हुन् । कवि हुँदै सिनेमा लेखनबाट निर्देशनमा होमिएका सुब्बाको ‘मनसरा’लाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ ।

सिनेमाले ‘जारी’ले जस्तै अर्गानिक कथा पस्किने बताइएको छ । सिनेमामा सुब्बाले सिनेमाका छायाँकार शैलेन्द्र ध्वज कार्कीसँग निर्माण सहकार्य गरिरहेका छन् । छायाँकार कार्कीले सिनेमाको हाल योजना अनुसारको काम भइरहेको बताउँदै दयाहाङ नेपाल फर्किएपछि ७–१० दिनमा सिनेमाको छायांकन सम्पन्न हुने जानकारी दिए ।

यसैगरी निर्देशक सुब्बाले जाडोको मौसम भएपनि सिनेमाको छायांकन सोचअनुसार भैइरहेको बताए । उनले सिनेमालाई उत्कृष्ट बन्ने बताउँदै त्यसका लागि कुनै कसर नराखिने धारणा व्यक्त गरे ।

सिनेमालाई एप्पल इन्टरटेन्मेन्टले वितरण गर्नेछ । सिनेमा वैशाख २१ मा रिलिज हुनेछ । सिनेमाको थिएटर पार्टनर क्यूएफएक्स रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।

निर्देशक सुब्बाकै लेखन रहेको सिनेमामा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।

सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?