मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वशान्ति गण्डकी कलश निर्माण शिलान्यासको नौ वर्ष पूरा, काम पाँच प्रतिशत मात्रै

बागलुङ – बागलुङ नगरपालिका–६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भएको छ ।

तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले शिलान्यास गरेको उक्त क्षेत्रमा अहिले गण्डकी माताको मन्दिर, गरुणशिला, हनुमान मूर्ति, सिसमहल, सभाहल, भोजनालय तथा हवनकुण्डलगायत संरचना बनिसकेका छन् । कलशको काम भने पाँच प्रतिशत मात्रै सकिएको छ ।

मुक्तिनाथ पिठाधीश कमलनयनाचार्यको परिकल्पनामा पञ्चकोटमा मठमन्दिर निर्माण भएका हुन् भने एक सय ३५ फिट अग्लो कलश निर्माणाधीन अवस्थामा छ ।

पञ्चकोट धामका अध्यक्ष दामोदर शास्त्री दाहालले सबै संरचना रु दुई अर्बको योजना रहेको जनाउँदै कलश निर्माणमा मात्रै रु चार करोड लाग्ने बताए । कलशको हालसम्म पाँच प्रतिशत मात्रै काम सकिएको उनको भनाइ छ । हाल एक तलाको काम सम्पन्न भएको जनाउँदै कलश १२ तले हुने अध्यक्ष दाहालले बताए ।

पञ्चकोटमा धार्मिक संरचना निर्माण गर्दा अहिलेसम्म करिब रु ५५ करोड खर्च भएको उनको भनाइ छ । यहाँ पाँच हजार पाँच सय ५५ किलोको घन्टीसमेत राख्ने तयारी छ । संरचना निर्माणका लागि हरेक वर्ष महायज्ञ लगाएर रकम सङ्कलन गरिँंदै आएको छ भने केही संरचनामा बागलुङ नगरपालिका, गण्डकी प्रदेश सरकार र पर्यटन मन्त्रालयको पनि लगानी रहेको अध्यक्ष दाहालले बताए ।

कलशको बाहिरी स्वरुप कलश जस्तै भए पनि भित्री खण्डमा १६ कोठा बन्ने र ती कोठामा धार्मिक क्रियाकलाप सञ्चालन हुने उनी बताउछन् । अध्यक्ष दाहालले भने, “नौ वर्षदेखि यहाँ लगातार संरचना निर्माण भइरहेका छन्, करोडौँको संरचना बनिसकेका छन्, अझै धेरै बन्ने चरणमा छन्, अहिले कलश निर्माणलाई जोड दिएका छौँ, कलश निर्माणका लागि आगामी फागुन ९ देखि २३ गतेसम्म बागलुङको पञ्चकोटमा ब्रम्हाण्डीय महायज्ञ गर्ने तयारीमा छौँ, यसका लागि राष्ट्रव्यापी कलश यात्रा सुरु भएको छ, यो महान् अभियानमा जोडिन सबैलाई आग्रह गछौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?