मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घर वरिपरि पिपलको बोट : यस्ता छन् बेफाइदाहरु

घर वरिपरि विभिन्न थरीका बोट बिरुवा लगाउन सबैलाई मन पर्छ । बोटबिरुवाले घर वरिपरिको वातावरण सुन्दर बनाउन मद्दत गर्छ ।

वास्तुशास्त्र अनुसार सकारात्मक ऊर्जा कायम राख्न विभिन्न बोटबिरुवाको महत्वपूर्ण भूमिका हुन्छ । तर कुनै बोटबिरुवा घर वरिपरि लगाउनु राम्रो मानिएको छैन ।

घर वरिपरि पिपलको रूख भएमा घरको सुखशान्ति र समृद्धिका लागि हानिकारक मानिएको छ । वास्तुशास्त्रमा घरको छेउमा पिपलको बोट रोप्नुलाई शुभ मानिएको छैन । तर पिपललाई धार्मिक दृष्टिकोणले अत्यन्तै शुभ मानिन्छ र पीपल पूजनीय वृक्ष हो ।

हरेक शनिबार पिपलको बोटमा पानी चढाउँदा शुभ फल मिल्ने, परिवारमा सुखशान्ति प्राप्त हुने मान्यता छ ।

घर वरिपरि पिपलको बोट हुँदा घरमा अशान्ति, बारम्बार चोटपटक लाग्ने मान्यता छ ।

पिपलको बोटमा रातको समय कुल, पितृ, भूत, प्रेत, शनि राहु र केतुको बास हुन्छ भने दिनमा भगवान विष्णु र बिभिन्न देवीदेवताको बास हुन्छ भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?