मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका रचना रिमाल सवार गाडी ट्रकसँग ठोक्कियो

काठमाडौं– गायिका रचना रिमाल आइतबार सवारी दुर्घटनामा परेकी छन्। नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा १६ च ८३४३ नम्बरको स्कार्पियो जीपलाई वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टा नजिकै ठक्कर दिएको हो। उक्त दुर्घटना बाँकेको सिक्टा नजिकै भएको जनाइएको छ ।

उनी नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै गर्दा उक्त दुर्घटना भएको रचनाले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । गायिका रिमाल सकुशल छिन् भने उनीसँगै सवार शिवु खनाललाई घुँडामा चोट लागेको बताइएको छ ।

रचना रिमाल पछिल्लो समय रुचाइएकी गायिकामा पर्छिन् । उनी विभिन्न महोत्सवमा व्यस्त छिन् । रिमालको अवस्था सामान्य रहेको जनाइएको छ।

रिमालको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकेकी छैनन्। उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी छन्। भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने जनाएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?