मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरियो सागसब्जी खानुका फाइदा यस्ता छन्

काठमाडौं – हाम्रो घरको भान्सामा बेला बेला हरियो तरकारी पाक्ने गर्छ । हरियो तरकारी खाँदाका फाइदा धेरै छ । यस्ले शरीरलाई स्वस्थ राख्नुको साथै फुड थेरापीको पनि काम गरि रहेको हुन्छ ।

नेपालमा रायो, तोरी, फापर, बेथे, मेथी, सौँप, पालुंगो, चौँसुर, छ्यापी, लसुनका सागका साथै फर्सीका मुन्टा, हरियो प्याज, निउरो आदि हरियो सागको रूपमा खाइन्छ । यी सबै सागमा पाइने पोषकतत्व फरक–फरक छन् । तर समान रूपमा भिटामिन, खनिज तत्व पाइन्छन् ।

आँखा तेजिलो बनाउँछ : व्यस्त जीवन, धूवाँ, धूलो तथा धेरै समय कम्प्युटरमा बसेर काम गर्नुपर्ने बाध्यताका कारण आँखासम्बन्धी थुप्रै समस्या उत्पन्न हुन्छन् । यस्तो वातावरणमा आँखालाई स्वस्थ राख्न हरियो साग नियमित रूपमा खानुपर्छ । यसमा भिटामिन सीका साथै अरू पनि थुप्रै पोषक तत्व हुन्छन् जसले आँखालाई तेजिलो बनाउन सहयोग गर्छ ।

हड्डी बलियो बनाउँछ : हरियो सागमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जुन हड्डीका लागि उपयोगी छ । उमेर बढ्दै गएपछि हड्डीका पनि विभिन्न समस्या देखा पर्दै जान्छन् । त्यसका लागि डाक्टरहरूले क्याल्सियमका औषधि दिन्छन् । नियमित खाने सागमा क्याल्सियम पाइन्छ भने साग खान किन जोड नदिने तसर्थ बाल्यकालदेखि नै साग खाने बानी बसाल्नु अति उपयुक्त हुन्छ ।

अनुहारमा ताजापन : हरियो साग जति स्वास्थ्यका दृष्टिले उपयोगी छ उति नै यसले सुन्दरतामा पनि सहयोग पुर्‍याउँछ । एन्टीअक्सिडेन्टको गुणले भरिपूर्ण सागले अनुहारलाई ताजा राख्छ ।क्यान्सरबाट जोगाउँछ हरियो सागले क्याल्सियम, फाइबर तथा आइरन प्रदान गर्छ जसले पेटको भित्री सफाइमा मद्दत पुर्‍याउँछ । कोलिन क्यान्सरबाट जोगाउने कैयौं मिनरल्स हरियो सागबाट प्राप्त हुन्छ ।

पोषिलो परिकारले शरीरको रोग प्रतिरोधी क्षमता बढाएर क्यान्सर, मुटुरोग र मधुमेह जस्ता असाधारण रोगको सम्भावना समेत हटाउँछ । त्यसैले औषधीय महत्व भएका सागसब्जीका बारेमा सबैलाई ज्ञान हुनु आवश्यक छ ।

हाम्रो खानामा हरियो तरकारी अनिबार्य खाने बानी बसाल्नु पर्दछ । स्वास्थ्य रहन हामीलाई यस्ता खाना खान आवश्यक छ । शरीर स्वस्थ रहन यो आवश्यक छ । रोगसंग लड्न हामीलाई थुप्रै भिटामिनको आवश्यक हुन्छ । यस्को आपूर्ति गर्न हरियो सागसब्जी सवैभन्दा महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?