मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन् २०२४ को विश्वभर भव्य स्वागत,नेपालमा पनि बढ्दै रौनक

सन् २०२३ लाई बिदाइ गर्दै २०२४ को विश्वभर भव्य स्वागत गरिएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत् (सन्) सुरुवात भएको मानिन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ।

याे अवसरमा अस्ट्रेलियाको सिड्नीस्थित हार्बर ब्रिज र ओपेरा हाउसमाथिको आकाशमा ८. ५ टनको आतिशबाजी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। आतिशबाजी १२ मिनेटसम्म चलेको थियो।

उक्त आतिशबाजीका लागि १५ महिना अगाडिदेखि तयारी गरिएको बताइएकाे छ । त्यस्तै लन्डन र फ्रान्समा भव्य आतिशबाजीका साथ नयाँ वर्ष उत्सव मनाइएको छ भने दक्षिण कोरियाको राजधानी सोल र उत्तर कोरियाको राजधानी प्योङ्गयाङ्गमा हजारौँ मानिस भेला भएर नयाँ वर्षको स्वागत गरेका थिए ।

यता जापानका देभभरका गुम्बाहरूमा  घण्टी बजाएर नयाँ बर्ष स्वागत गरिदा न्युजिल्यान्ड, मलेसिया, सिंगापुर, थाइल्यान्ड हुँदै चीनसम्म विविध कार्यक्रमका साथमा अङ्ग्रेजी नयाँ वर्षकाे स्वागत गरिएको छ ।

पछिल्लो समय नेपालमा समेत केही दशक यता अङ्ग्रेजी क्यालेन्डर अनुसारको नयाँ वर्षको रौनक निकै बढ्दै गएको छ ।

राजधानी लगायत देशका विभिन्न स्थानमा अङ्ग्रेजी नयाँ वर्ष धूमधामका साथ मनाइएको छ । डिसेम्बर ३१ लाई न्यूयर इभका रुपमा नेपाली र विदेशी पर्यटकहरुले भव्य रुपले मनाएका छन् ।

काठमाडौँको ठमेल र पोखराको लेकसाइडमा राती अबेर सम्म केही विदेशी पर्यटक सहित नेपाली युवा पुस्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?