मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अचम्मको प्रतियोगिता : एक महिना मोबाइल फोनविना बस्नेलाई १० हजार डलर पुरस्कार

काठमाडौँ- मोबाइल फोन मानव जीवनमा नभई नहुने बस्तुका रूपमा स्थापित भएको छ । 

सामान्य  का लागि मात्र नभई अध्ययन, सामाजिक सञ्जाल, मनोरञ्जन, दैनिक समाचार लगायतका सबै कुरा फोन अत्यावश्यक नै भएको छ । 

तर तर अमेरिकामा भने एउटा अचम्म प्रतिस्पर्धा गरिने भएको छ । यदि तपाइले एक महिनाको लागि आफ्नो फोनबाट टाढा रहन सक्नु भयो भने तपाईले पुरस्कार जित्न सक्नुहुने छ । 

यो प्रतिस्पर्धामा भाग लिनुभएको अवस्थामा  तपाईँले १० हजार डलर अर्थात लगभग १३ लाख रुपैयाँ जित्ने मौका पाउनुहुनेछ । 

न्यूयोर्क स्थित आइसल्याण्डिक योगर्ट ब्राण्ड ‘सिग्गी’ ले अमेरिकी मानिसहरूका लागि यस्तो अनौठो प्रतियोगिता आयोजना गरेको हो ।

सिग्गी ले यस प्रतियोगिताको नाम ‘डिजिटल डिटक्स प्रोग्राम’ राखेको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले जनवरी ३१ तारिखसम्म आवेदन दिन सक्ने बताइएको छ भने, सिग्गीको वेबसाइटबाट आवेदन दिन सकिने पनि कम्पनीले जनाएको छ । 

तर यो प्रतियोगिता अमेरिका र अमेरिकीहरूका लागि मात्र आयोजना हुनेछ । यस प्रतियोगिताको नियमअनुसार प्रतियोगीहरूले एक महिनासम्म फोनलाई आफ्नो जीवनबाट टाढा राख्नुपर्नेछ । 

यदि प्रतियोगीहरूले  एक महिनासम्म फोनलाई आफ्नो जीवनबाट टाढा राख्न सकेमा १० हजार डलर पुरस्कार जित्नेछन् ।

यद्यपि, प्रतियोगीहरूसँग कुनै पनि आपत्कालीन अवस्थामा मात्र प्रयोग गर्नका लागि भने सिम कार्ड र फोन हुने कम्पनीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?