मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निफको जुरी कमिटीमा प्रदीप,दीया र किशोर

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनीत भएका छन् ।

प्रदीप फिचर फिल्मतर्फ, दीया सर्ट तथा डकुमेन्ट्री तर्फ र किशोर डनकिहोटे अवार्डको निर्णायक रहने तय भएको हो ।

निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधान अनुरूप नेपालतर्फका जुरी सदस्यको नाम टुङ्गो लागेको हो । अब तत् तत् विधामा दुई जना जुरी विदेशी चलचित्रकर्मी समेत हुनेछन् ।

विदेशीबाट सहभागी हुने जुरीको नाम केही समयमा नै सार्वजनिक गरिने निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

खड्का र मास्के गत सालको संस्करणमा फिचर फिल्म विधाका अभिनेता र अभिनेत्री विधाका विजेता हुन् । दुवैले दर्जन हाराहारी चलचित्रमा अभिनय गरेका छन् ।

साउन्ड डिजाइनर किशोरले भने अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेको थुप्रै नेपाली चलचित्रमा साउन्ड डिजाइनरको भूमिका निर्वाह गरेका छन् ।

यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ ।

महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?