मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पूजार सार्की’को ‘फष्टलुक्स’ सार्वजनिक,यस्ता देखिए प्रदीप र पल

काठमाडौँ – ‘मल्टी स्टारर’ नेपाली फिल्म ‘पूजार सार्की’ को फष्टलुक पोस्टर सार्वजनिक भएको छ ।

अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने यो फिल्मको निर्माण युनिटले ‘फष्टलुक्स’ सार्वजनिक गरेको हो । 

पोस्टरमा अभिनेता त्रय आर्यन, प्रदीप र पल देखाइएको छ भने फस्टलुक पुरानो शैलीमा तयार पारिएको छ । रोयल भिमसेनले तयार गरेको यो पोस्टरले चलचित्रको कथा अहिलेको नभई निकै वर्ष अघिको रहेको संकेत दिएको छ ।

फिल्मले जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथामा भन्ने त निर्माण पक्षले यसअघि नै जनाएको छ । 

फिल्मको छायाङ्कन मंगलबारदेखि कास्कीको कास्कीकोबाट सुरु हुँदै छ भने त्यसका लागि सुटिङ युनिट आइतबार नै कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ हिँडेको छ ।

किङ्गडम नेटवर्कको ब्यानरमा बन्न लागेको यो फिल्म दिनेश राउतले निर्देशन गर्न लागेका हुन् । फिल्ममा विकास सुवेदीको लेखन छ भने सुवास भुसाल निर्माता हुन् ।

त्यस्तै हिमाल केसीको द्वन्द्व रहने फिल्ममा अन्जना बराइली र परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?