मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मंगल ग्रहमा भेटियो लालसागर जत्तिकै पानीको भण्डार

काठमाडौँ- वैज्ञानिकहरू पृथ्वीको विकल्पको रूपमा अर्को ग्रहमा मानव अस्तित्वको सम्भावना खोजिरहेका छन् । 

यसअघि नै वैज्ञानिकहरूले मङ्गल ग्रहमा मानिसको अस्तित्व कायम रहन सक्ने बताइरहेका थिए । यसैबिच मङ्गल ग्रहमा जीवनको सम्भावना खोजिरहेका वैज्ञानिकहरूले अर्को ठूलो सफलता पाएको बताएका  छन् ।

युरोपेली अन्तरिक्ष एजेन्सीको मार्स एक्सप्रेस अर्बिटरले रातो ग्रहको मेडुसा फोसे फर्मेसन (एमएफएफ) बारे जानकारी सङ्कलन गरेको जनाएको छ । 

मङ्गल ग्रहको सतह मुनि ठूलो मात्रामा पानीको बरफ रहेको खुलासा भएको छ । यसले मङ्गल ग्रहको भूमध्य रेखा नजिकै बरफको रूपमा पानीको सबैभन्दा ठूलो भण्डार रहेको खुलासा गरेको छ । 

यो खोजले मङ्गल ग्रहको हावापानी कस्तो हुन सक्छ भन्ने बारे अनुसन्धान गरिरहेको छ ।

सन् २००७ मा गरिएको अध्ययन र अहिले गरिएको निष्कर्षले मङ्गल ग्रहको यस क्षेत्रमा सतहभन्दा ३.७ किलोमिटर तलसम्म पानी हिउँको रूपमा फैलिएको अनुसन्धानकर्ताहरूले बताएका छ ।

यो बरफ पग्लिएमा पृथ्वीमा रहेको लाल सागर भरिने वैज्ञानिकहरूको अनुमान छ । यो खोज मङ्गल ग्रहमा पानीको उपस्थितिसँग सम्बन्धित सबैभन्दा ठूलो र महत्त्वपूर्ण खोज मानिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?