मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टिकटकमा थपिँदै ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा

काठमाडौँ– हुन त नेपालमा टिकटक प्रतिबन्ध कै अवस्थामा छ । तर विभिन्न एप र बाटोबाट टिकटक चलाउन क्रम जारी रहँदा यसले नयाँ सुविधा थप्न लागेको खबर छ । 

टिकटकले अब ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा थप्न लागेको हो । सुरुमा परीक्षणका लागि टिकटकले निश्चित केही प्रयोगकर्ताका लागि ३० मिनेट लामो भिडियो अपलोड गर्ने सुविधा ल्याएको छ ।

टिकटक कै शैलीमा चल्ने चीनको डोयुइनले सन् २०२२ मै ३० मिनेटको भिडियो अपलोड गर्ने सुविधा ल्याएको थियो । यस सुविधाबाट डोयुइनले सकारात्मक प्रतिक्रिया पाएको थियो ।

टिकटकले सन् २०१८ मा १५ सेकेण्ड, सन् २०१९ मा ६० सेकेण्ड, २०२० मा ३ मिनेट, सन् २०२१ मा ५ मिनेटको भिडियो अपलोड गर्ने सुविधा ल्याएको थियो । टिकटकले सन् २०२२ मा १० मिनेट र सन् २०२३ मा १५ मिनेटको भिडियो अपलोड गर्ने सुविधा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?