अफ्रिका कप अप नेसन्स : क्वार्टरफाइनलमा प्रवेश गर्‍यो नाइजेरिया 

काठमाडौँ– अफ्रिका कप अफ नेसन्समा नाइजेरियाले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

गएराति भएको खेलमा नाइजेरियाले क्यमरुनलाई २–० गोलले हराउँदै क्वार्टफाइनलको यात्रा तय गरेको हो ।

नाइजेरियाका लागि एडेमोला लुकम्यानले दुई गोल गरेका थिए । उनले खेलको ३६औँ र ९०औँ मिनेटमा गोल गरेका थिए ।

नाइजेरियाले अन्तिम आठका लागि अब एनगोलासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?