मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अनिद्राको समस्या छ ? अपनाउनुहोस् यस्ता उपाय

दिनभरि थकानका बाबजुद कतिपय मानिसलाई राति राम्ररी निन्द्रा पर्दैन । ओछ्यानमा पल्टेको निकै बेरसम्म सुत्न नसक्दा मानिसलाई तनाव हुन्छ । यस्तोमा केही उपाय छन् जसले छिट्टै निन्द्रा लगाउने गर्दछ ।

सुरुमा जिब्रोलाई दाँतको भित्रपट्टि च्यापुमा लगेर टाँस्नुहोस् र बिस्तारै सास तान्नुहोस् । अब सास आफूलाई सहज हुने अवस्थासम्म रोक्नुहोस् र केहिबेरमा बिस्तारै छाड्नुहोस् ।

यसो गर्दा शरीरले अक्सिजन सोस्ने प्रशस्त मौका पाउँछ र सबै अंगलाई ऊर्जा दिन पाउँछ । रगतमा अक्सिजनको मात्रा बढ्छ र शरीरले आनन्द महसुस गर्छ । यो अभ्यास जस्तोसुकै स्थितिमा पनि गर्न सकिन्छ ।

तनाव वा त्रासको स्थितिमा पनि यो अभ्यासले शरीर लाही शान्त बनाउँछ । यस अलावा उच्च रक्तचापविरुद्ध लड्न यो राम्रो उपाय हो ।

सुरुमा यो अभ्यास बिहान र बेलुका ४ चोटि गर्नुहोस् । दुई महिनापछि भने आठ चोटि गर्नुहोस् । नियमित अभ्यास गर्दा मात्र यो प्रभावकारी हुन्छ । निन्द्रा लगाउन अरू उपाय भन्दा यो अभ्यास अपनाएर मज्जाले सुत्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?