मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नासाले मंगल ग्रहमा पठाएको हेलिकप्टर क्षतिग्रस्त

काठमाडौँ– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहको अध्ययन गर्न पठाएको ‘इन्जेन्युइटी’ नामक सानो हेलिकप्टरको मिसन समाप्त भएको छ । 

कार्बन फाइबर रोटर ब्लेड बिग्रिएकाले हेलिकप्टरले थप काम गर्न नसक्ने नासाले जनाएको हो । हेलिकप्टरले मङ्गल ग्रहबाट पठाएको तस्बिर र डेटाका आधारमा नासाले यो कुरा पुष्टि गरेको हो ।

‘इन्जेन्युइटी’ पृथ्वीबाहेक अन्य ग्रहमा उडान भर्ने पहिलो मानव निर्मित हेलिकप्टर हो  । वैज्ञानिकहरूले यस हेलिकप्टरबाट ३० दिनमा पाँच ओटा परीक्षण उडानको अपेक्षा राखेको भए पनि यसले आफ्नो जीवनभर जम्मा ७२ ओटा उडान मात्रै गरेको थियो । 

जबकि पर्सभेरेन्स रोभरसँगै नासाले इन्जेन्युइटी हेलिकप्टरलाई २०२१, अप्रिल १९ का दिन  मङ्गल ग्रहमा पठाएको थियो । अर्थात यो तीन वर्ष मंगल ग्रहमा उडान भर्न सफल भयो । 

मङ्गल ग्रहको भूसतहको तस्बिर खिच्ने र अर्को मिसन निर्धारणका लागि आवश्यक पर्ने विवरण सङ्कलन गर्न प्रयोग गरिएको यो इन्जेन्युइटी हेलिकप्टरमा गत जनवरी १८ मा उडान भरेर अवतरण गर्ने क्रममा क्षति पुगेको नासाले बताएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?