मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रङ्गेलीको गीत ‘हातैले उघाएर’मा शिल्पा बोल्ड

काठमाडौं । महाशिवरात्रीबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक गरिएको छ । अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत तथा निशान भट्टराई र लिला गजमेरको युगल स्वर रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्मा नृत्य गर्दै प्रस्तुत छन् । गीतमा शिल्पा बोल्ड देखिएकी छन् ।

शिशिर खातीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरुको चरित्रचित्रण गर्दै केही प्रेमिल र द्वन्द्वात्मक दृश्य पनि समावेश छ, जसले कथावस्तुबारे महत्त्वपूर्ण खुलासा गर्छ ।

शिल्पा र प्रिन्स फिल्मको गीतमा मात्र देखिनेछन् । ‘हातैले उघाएर’ गीतलाई फिल्ममा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक अर्जुन सुवेदीको भनाई छ । फिल्ममा उनकै लेखन छ ।

दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकीको मुख्य भूमिका रहेको ‘रङ्गेली’को कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्माताहरु संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् । त्यस्तै, युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्मातामा छन् । विवेक खड्का ९योलो० एशोसियट निर्माता रहेको फिल्मका छायाँकार सुशन प्रजापति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?