मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रामको मूर्तिमा १५ किलो सुन र हजारौँ हिराका गरगहना

काठमाडौं – अयोध्याका नवनिर्मित राम मन्दिरको गर्भगृहमा राखिएको रामको मूर्तिमा १५ किलो सुन र हजारौँ हिराका गरगहना लगाइएको छ।

पाँच वर्षका रामको छवि परिकल्पना गरेर तयार गरिएको मूर्तिमा १४ वटा गरगहना लगाइएको छ। जसमा एक तिलक, एक मुकुट, चार माला, एक कमरबन्द, एक जोडी पाउजु, एउटा विजय माला, दुई वटा औँठी छन्। ती आभूषण १२ दिनमा तयार पारिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मुख्य यजमानका रुपमा मन्दिरको प्राणप्रतिष्ठा गराएका थिए। रामको मूर्तिका लागि यी आभूषण तयार गर्ने जिम्मा लखनउको हरसहायमल श्यामलाल ज्वेलर्सलाई दिइएको थियो।

१५ दिनअघि मात्र मन्दिर ट्रस्टले ज्वेलर्सलाई सम्पर्क गरेको थियो । यी सम्पूर्ण गरगहनामा १८ हजार हिरा र पन्ना जडिएको छ।
मूर्तिको मुकुटमा मात्र २२ क्यारेटको सुन १।७ किलो, ७५ क्यारेटको हिरा, १७५ क्यारेट पन्ना र २६२ क्यारेट रुबी प्रयोग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?