काठमाडौं – विश्वका चर्चित युट्युबर मिस्टर बिस्टले एक्स ‘पहिलेको ट्वीटर’मा एउटा भिडियो पोस्ट गरेर ३.३० करोड रुपैयाँ ( २ लाख ५० हजार डलर ) कमाएका छन् ।
तर गत साता मिस्टर बिस्टले पोष्ट गरेको भिडियोलाई अहिलेसम्म १६ करोडभन्दा बढी मानिसले हेरिसकेका छन् । आफ्नो व्यवसायमा आफूलाई स्थापित गर्न खोजिरहेका मिस्टर बिस्टको यो स्टन्टलाई निकै चासोका साथ हेरिएको छ ।
एक्सका मालिक एलन मस्कले अक्टोबर २०२२ मा प्लाटफर्म खरिद गरेपछि कम्पनीलाई लाभदायक सम्झौता बनाउन धेरै रणनीति अपनाएका छन् । यसमा उच्च प्रोफाइल भएका सिर्जनाकर्तासँग विज्ञापन राजस्व साझेदारी पनि समावेश छ । युट्युबजस्ता अन्य प्लेटफर्मले पहिले नै यो रणनीति लिइरहेका छन् ।
तर एक्समा ट्राफिक घट्दै गएकाले मस्कले योजनामा काम गरिरहेको देखिंदैन । एक्सको विज्ञापन राजस्व पनि लगातार घट्दै गएको छ किनभने मस्कले नक्कली समाचार र घृणायुक्त भाषणको मुद्दामा विज्ञापनदातासँग पटक-पटक झगडा गरिरहेको समाचार बीबीसी प्रकाशित भएको छ ।
को हुन् मिस्टर बिस्ट ?
मिस्टर बिस्टको वास्तविक नाम जिमी डोनाल्डसन हो । उनी भारत लगायत विश्वका धेरै देशमा बालबालिका र युवामाझ निकै लोकप्रिय छन् । युट्युबमा लाखौं डलर कमाउने मिस्टर बिस्टले आफ्नो सम्पत्तिको एक हिस्सा दान गर्छन् । युट्युबमा उनको मुख्य च्यानल मिस्टर बिस्टका २३ करोड ४० लाख सब्सक्राइबर छन् । उनका थप चार युट्युब च्यानल छन् ।
‘मिस्टर बिस्ट २’ का ३ करोड ६३ लाख, ‘बिस्ट रियाक्स’का ३ करोड १९ लाख, ‘मिस्टर बिस्ट गेमिङ’का ४ करोड १४ लाख र ‘बिस्ट फिलान्थ्रोपी’का २ करोड १२ लाख सब्सक्राइबर छन् । मिस्टर बिस्टका इन्स्टाग्राममा ४ करोड ९३ लाख र एक्समा २ करोड ७१ लाख फलोअर्स छन् ।
उनले हालै भनेका थिए कि उनले एक्समा १०० करोड भ्युज पाए पनि राम्रो कमाउने छैनन् । तर पछि उनले आफ्नो एउटा भिडियोले एक्समा कति कमाउन सक्छ भन्ने जिज्ञासा रहेको बताए ।
बिस्टले सोमबार यो कमाइ ठगी जस्तो देखिने बताए । एक पोस्टमा उनले तर्क गरे, ‘विज्ञापनदाताले यो भिडियोले मानिसको ध्यान आकर्षित गरेको देखे । त्यसपछि उनले यसमा पैसा लगानी गर्न थाले । सायद त्यही भएर मैले राम्रो कमाएको हुँ ।’
उनले विगतमा गरे जस्तै आफ्नो कमाइलाई १० अपरिचित व्यक्तिमाझ वितरण गर्नेछन् । मिस्टर बिस्टबाहेक अरु कोही भएको भए यति धेरै कमाइ हुने थिएन भन्नेमा विश्लेषक पनि सहमत छन् । डब्ल्यू मिडियाका कार्सटेन वाइड भन्छन्, ‘उनीहरूले २।७९ करोड भारु कमाएको दाबी गर्छन् । यो कमाइ एक भिडियोको लागि धेरै राम्रो हो तर यति धेरै कमाउन तपाईंको पोस्टमा ठूलो ट्राफिक हुनु आवश्यक छ ।’
इन्टरनेट सेलिब्रेटी जसलाई अंग्रेजीमा इन्फ्लुएन्सर पनि भनिन्छ । उनीहरुले ठूलो मात्रामा पैसा कमाउँदै आएका छन् । तर यो कमाइ इन्फ्लुएन्सरको लोकप्रियतामा निर्भर गर्छ । किनभने सबैले खालले पैसा कमाउन सक्ने अवस्था छैन ।
उनीहरूको आम्दानीको बारेमा सार्वजनिक जानकारी पनि उपलब्ध छैन । यो विश्वास गरिन्छ कि इन्टरनेट कम्पनीले पनि आफ्नो सामग्रीमा विशेष प्राथमिकता दिन्छन् ।
यो कमाइको असर के हुन्छ ?
फोर्ब्स म्यागजिनले नोभेम्बर २०२२ मा मिस्टर बिस्टले एक वर्षमा ५४ मिलियन अमेरिकी डलर कमाएको उल्लेख गरेको थियो ।त्यसयता मिस्टर बिस्टका फलोअर्सको संख्या निकै बढेको छ । अहिले उनको वार्षिक आम्दानी २३३ मिलियन अमेरिकी डलर रहेको अनुमान गरिएको छ ।
मिस्टर बिस्टको लोकप्रियताका कारण धेरै ठूला कम्पनी उनीसँग जोडिंदै आएका छन् । बिस्टले भिडियो बनाउन करोडौं खर्च गरेको ती कम्पनीको भनाइ छ । यो समयमा उनले ठूलो स्ट्रिमिङ प्लाटफर्मसँग ठूलो सम्झौता गर्न लागेका छन् ।
उनले एक्समा अपलोड गरेको भिडियो सेप्टेम्बर २०२३ मा युट्युबमा पोस्ट गरिसकेका छन् । यस भिडियोमा उनले विभिन्न कारको मूल्यबारे कुरा गरेका छन् । हाल यो भिडियोलाई युट्युबमा करिब २२ करोड मानिसले हेरिसकेका छन् । उनको कमाइको अधिकांश हिस्सा युट्युबमा रहेका यस्ता भिडियोबाट आउँछ ।
कमाइबारे जानकारी राख्ने प्लाटफर्म भाइरिज्मका अनुसार मिस्टर बिस्टको एउटा भिडियोले युट्युबमा लगभग एक मिलियन अमेरिकी डलर कमाउँछ । तर ताजा सामग्रीले मात्र एक्समा कमाउन सक्छ ।
‘भविष्यमा एक्सको राजस्व कहाँ जान्छ भनेर हेर्न रोचक छ,’ भाइरिज्मका संस्थापक जेनी साई भन्छिन् । डेभ विस्कुल नेबुलाका प्रमुख कार्यकारी हुन् । नेबुला प्रिमियम स्ट्रिमिङ प्लाटफर्म हो ।
उनीहरु भन्छन् कि अहिले एक्समा ‘इम्प्रेसन’को अर्थ के हो यो पनि स्पष्ट छैन । इन्फ्लुएन्सरले अब एक्सलाई अझ गम्भीरतापूर्वक लिन सक्छन् ।
डेभ विस्कुल भन्छन्, ‘यदि तपाईंले पहिले नै युट्युबका लागि भिडियो बनाउनुभएको छ भने तपाईंले त्यो प्लाटफर्ममा पनि पोस्ट गर्न सक्नुहुन्छ । यसमा के हानि छ रु’ तर इन्टरनेटमा लोकप्रिय नभएकालाई ठूलो पैसा कमाउन सजिलो नभएको उनीहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया