मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झलकमान लोक संगीत सम्मान २०८० बाट गायक राजु परियार सम्मानित हुने

काठमाडौं – लोक दोहोरी गायक राजु परियार झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित हुने भएका छन् । बिन्ध्यवासिनी फाउण्डेसनको शनिबार काठमाडों आयोजित दशौं वार्षिक भेलाले उक्त सम्मान गायक राजु परियारप्रदान गर्ने निर्णय गरेको हो ।

परियारलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने बिन्ध्यवासिनी फाउण्डेसनले जनाएको छ । गण्डकी प्रदेशको सेरेफेरोका लोकभाका गाउने राजु ०५० को दशकमा निकै लोकप्रिय थिए । उनले गाएका मिरमिरेको घाम, सुनपानीले छर्क मायालु, फूलमा माहुरी, लालुपाते नुग्यो भुइँतिरजस्ता धेरै गीत चर्चित भए । उनले १५ हजारभन्दा बढी गीत गाइसकेका छन् ।

बिन्ध्यवासिनी फाउण्डेसनका अनुसार म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८० अग्रज गायिका मीरा राणालाई सम्मानित गरिने भएको छ । नगद एक लाख रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गर्ने जनाइएको छ ।

बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८० बाट नगद ५० हजार रुपैयाँ राशिसहित वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीलाई सम्मान गर्ने निर्णय भएको छ । भेलाले बिन्ध्यवासिनी २५ हजार रुपैयाँ राशिसहितको कला पत्रकारिता सम्मान पत्रकार शान्तिप्रियलाई अर्पण गर्ने निर्णय गरेको छ ।

प्रेमध्वज संगीत रत्न सम्मानबाट यो वर्ष २५ हजार रुपैयाँ नगदसहित युवा गायक रूपक डोटेललाई सम्मान गर्ने निर्णय भएको छ । म्युजिक अवार्डको १४औं संस्करण चैत १ गते आयोजना हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?