‘१२ वर्ष’लाई इतिहासमा एउटा बिम्बका रुपमा लिइन्छ । नेपालीमा त अझ एउटा उखानै छ– ‘१२ वर्षमा बगेको खोलो पनि फर्कन्छ’ ।
‘१२ वर्ष’लाई प्रकृतिले पनि खास महत्व दिएको पाइन्छ । यसको एक उदाहरण हो– १२ वर्षमा एकपटक फूल्ने फूल । भारतको केरलस्थित मुन्नारमा यो एक प्रजातिको फूल १२ वर्षमा एक पटक फूल्छ । फूल फूलेपछि वातावरण नै मनमोहक तुल्याउँछ ।
समुद्र सतहबाट एक हजार ६०० मिटरभन्दा बढी उचाईमा रहेको पहाडी क्षेत्रमा यो फूल फूल्ने गर्छ । फूल फूल्ने समयमा पर्यटकको चहपहल पनि निकै हुने गर्छ ।
![](https://i0.wp.com/joynepal.com/wp-content/uploads/2024/01/Neelakurinji-7-1.webp?resize=700%2C350&ssl=1)
‘नीलकुरिन्जी’ नामक उक्त फूल फूल्ने फूल्ने समयमा पहाडले नै कपडा फेरेको भान हुन्छ । ‘नीलगिरी’ पर्वतको नाम यसै फूलका नामबाट राखिएको बताइन्छ ।
यसअघि यो फूल सन् २००६ मा फूलेको थियो । १२ वर्ष पूरा भएसँगै सन २०१८ मा पुनः यो फूल फूलेको हो । सन् २००६ मा यो फूल फूलेको मौसममा करिब ३ लाख पर्यटकले सो क्षेत्रको अवलोकन गरेको बताइन्छ ।
यो फूल अगस्ट महिनाबाट फूल्न थाल्छ भने नोभेम्बरबाट यसको सिजन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया