काठमाडौं– आलु अधिकांशमा भान्सामा उपलव्ध हुने तरकारी हो । हरेक जसो तरकारीमा आलु मिसाइन्छ । यो सर्वसुलभ पनि छ । आलुको परिकार मन नपराउने कम नै मानिस होलान् । यसका विभिन्न खालका परिकार बनाउन सकिन्छ ।
आलुबाट बिजुली बालेको समाचार लोडसेडिङको बेलामा नेपालमा निकै चर्चामा थियो ।
आलुबारे हामी यहाँ यस्तै एक अनौठो खबर प्रस्तुत गर्दैछौं । विश्वमा आलुले बनेको यस्तो स्थान छ जहाँ जान मानिसले लाखौं रुपैयाँ खर्च गर्ने गरेका छन् ।
तपाईलाई अनौठो लागेको होला । यहाँ जान मानिस किन मरिहत्ते गर्छन् भनेर । खासमा त्यहाँ आलुको दाना भित्र बस्न मिल्ने सुविधासम्पन्न होटेल रहेको छ ।
आलुको दानाभित्र त्यो पनि लग्जरी होटेलमा रात विताउन पाउने भएपछि मानिसहरुलाई के चाहियो र ।
विलासी होटल रहेको उक्त आलुको तौल ६ टन रहेको छ । उक्त आलु होटेल भित्र छिर्दा जो कोही पनि दंग पर्दछ । यो होटेलमा एक रात बस्नका लागि २ सय ४७ डलर तिर्नु पर्दछ ।
यो आलु होटेलमा एक पटकमा दुई जना पाहुना बस्न सक्दछन् । यसको इन्टेरियर डिजाइन निकै सुन्दर छ । मानिसहरुलाई खाने र बस्ने निकै राम्रो सुविधा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया