काठमाडौँ – निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण’ स्टार कास्टले भरिपूर्ण बन्दै छ । जसमा रणबीर कपूर राम बन्दै छन् भने साई पल्लवी सीताको चरित्रमा देखिने छिन् ।
जहाँ विजय सेतुपति भने विभीषणको रूपमा देखिने भएका छन् । चलचित्रको कास्टिङ तीव्र भइरहेका बेला याे चर्चा बाहिर आएको हो ।
भारतीय मिडियाहरूको दाबी अनुसार तिवारीले सेतुपतिलाई भेटेर स्क्रिप्टको बारेमा छलफल गरेका छन्। यता विजयले यो फिल्ममा पनि चासो देखाएकाे बताइँदा कलाकारले अहिलेसम्म फिल्म साइन भने गरेका छैनन् ।
फिल्ममा केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिनेछन् भने हनुमानको भूमिकामा सनी देओल र कुम्भकर्णको भूमिकामा बबी देओल देखिने चर्चा छ।
यो फिल्मको छायांकन सन् २०२४ देखि सुरु गरिनेछ। प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया