मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउडमा ‘धूम ४’ निर्माणको चर्चा,‘चोर’ बन्लान् त शाहरुख ?

धूमका तीन सफल फ्रेन्चाइज फिल्मपछि यशराज प्रोडक्सनले चाँडै नै चौथो फिल्म ‘धूम ४’ ल्याउने भएको छ । 

फिल्ममा शाहरुख खानको चर्चा छ भने दक्षिण सुपरस्टार रामचरण पनि महत्त्वपूर्ण भूमिकामा देखिने खबरहरू आएका छन् । त्यस्तै  धूम फ्रेन्चाइजीमा रामचरणले अभिषेक बच्चनको स्थान लिने दाबी गरिएको छ ।

यद्यपि यसै वर्ष पठान, जवान र डंकी जस्ता ब्लकबष्टर फिल्म दिएका  शाहरुख खानले अहिलेसम्म यो फिल्म साइन भने नगरेको रिपोर्टहरूमा बताइएको छ ।

बलिउड अभिनेता तथा निर्माता उदय चोपडा पछिल्लो ३ धूम फ्रेन्चाइजी फिल्मका हिस्सा रहेका छन् । हालै उदयले एक अन्तर्वार्तामा ‘धूम ४’ मा शाहरुख खान चोरको भूमिकामा उत्कृष्ट देखिने बताएका थिए ।

उनको यही भनाइलाई  ‘धूम ४’ को कास्टिङतर्फ सङ्केतका रूपमा लिदै धेरैले शाहरुख भिलेनको रूपमा देखिन लागेको चर्चा चलाएका हुन् । 

धूम बलिउड सिनेमाको उत्कृष्ट फ्रेन्चाइजी मध्ये एक हो । धूम फ्रेन्चाइजीको पहिलो फिल्म सन् २००४ मा रिलिज भएको थियो भने जोन अब्राहम, अभिषेक बच्चन, उदय चोपडाको महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

फिल्म ‘धुम २’ सन् २००६ मा रिलिज भएको थियो, जसमा ऋतिक रोशन, अभिषेक बच्चन, ऐश्वर्या राई, उदय चोपडाको महत्त्वपूर्ण भूमिका थियो ।

त्यस्तै २०१३ मा रिलिज भएको ‘धुम ३’ मा आमिर खानले दोहोरो भूमिका निर्वाह गरेका थिए। फिल्ममा उनीसँगै कट्रिना कैफ पनि मुख्य भूमिकामा थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?