मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन सुरु

म्याग्दी – गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ ।

 गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा शनिबारदेखि पदमार्गको खोज, अनुसन्धान तथा प्रवर्द्धन कार्यक्रम सुरु भएको हो ।

म्याग्दीको रघुुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्केमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्र थापा र सचिव कुमानसिंह गुरुङले अध्ययन टोलीलाई बिदाइ गरे । 

पर्यटन व्यवसायी, मन्त्रालयका कर्मचारी, प्राविधिक र पत्रकारको २० जनाको अध्ययन टोली शुक्रबार साँझ पोखरादेखि बेनी हुँदै टोड्के पुगेको थियो ।

टोड्केदेखि मालिका धुरी–ठाडा खानी–कुइने–चौरखानी–घ्यासीखर्क–सुगुरथला, कछुवा ओडार–धौलागिरि आधार शिविर–काली बराह हुँदै मुस्ताङको लेते जोड्ने पदमार्गको अध्ययन गर्ने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए । 

धवलागिरि हिमशृङ्खला र आधार शिविरका साथै मगर, छन्त्याल संस्कृति, वन जङ्गल, ग्रामीण जीवनशैली, वन्यजन्तु, वनस्पति, पक्षी, ताल, झरना, धार्मिक स्थल आकर्षणका रूपमा रहेको यो पदमार्ग सात दिनमा पूरा गर्न सकिनेछ । क्याम्पिङ पदयात्राका लागि उपयुक्त मानिएको छ । 

यसअघि पहिचान भएको धौलागिरि सेन्चुरी र आइसफल पदमार्गमा छरिएर रहेका बस्तीलाई जोड्न पानोरमा पदमार्गको अवधारणा अघि सारिएको हो ।

टोड्केदेखि मालिका धुरी ठाडा खानी कुइने हुँदै घ्यासीखर्क पुगेपछि पानोरमा पदमार्ग धौलागिरि सेन्चुरी र आइसफलमा जोडिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?