मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दीपकराज गिरीले राजनीतिमा चासो राख्न थालेका हुन् ?

काठमाडौं– निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत सामाजिक र राजनीतिक विषयमा आफ्नो धारणा राखिरहन्छन् । उनले राखेका धारणा गर्दा कहिले गाली पाउँछन् भने कहिले ताली पाउँछन् ।

गिरीले आफ्नो धारणा राख्न भने छोड्दैनन् । पछिल्लो समय चर्चामा रहेका काठमाडौँका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ राईका विषयमा उनले आफ्नो धारणा राखिरहेका हुन्छन् । सामाजिक सञ्जालका आधारमा उनी पछिल्लो राजनीतिक आन्दोलनका पक्षधर हुन् ।

सामाजिक सञ्जालमा हालै उनले राष्ट्रिय सभा चुनावतर्फ कटाक्ष गर्दै स्टाटस लेखेका थिए ।

नेपालमा हुने नीतिगत भ्रष्ट्राचार तथा कूरीतिका विरुद्ध बोलिरहने गिरीलाई कतिपयले राजनीतिमा पनि सक्रिय हुन खोजेको भनेर अनुमान गर्न थालेका छन् । जबकि, उनले हालसम्म राजनैतिक धारणा कतै पनि व्यक्त गरेका छैनन् ।

पछिल्लो समय उनले दिएका अभिव्यक्ति हेर्दा भने उनी स्वतन्त्र प्रतिनिधि र राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही नजिक भएको देख्न सकिन्छ । भोलिका दिनमा उनी राजनीतिमा आउँछन् या आउँदैनन् । त्यो भने समयले बताउने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?