मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धनी बन्न चाहनुहुन्छ ? यी हुन् तपाईँले हेर्नै पर्ने फिल्महरू 

काठमाडाैँ – संसारमा धनी हुन नचाहने व्यक्ति सायदै होला । हरेक मानिस आफ्नो जीवनलाई थप समृद्ध बनाउन चाहन्छ,प्रगति गर्न चाहन्छ । हुन पनि धन हाम्रो भौतिक जीवनका लागि अपरिहार्य छ ।

दैनिक गुजाराका लागि मात्र होइन, जीवनलाई सहज र सरल बनाउनका लागि धन चाहिन्छ । त्यसो भए कसरी पैसा कमाउने त ? फिल्म हेरेर पनि त्यसको सुरुवात हुनसक्छ भन्दा तपाईँलाई पत्यार लागेन होला ।

तर यी फिल्म हेरेर तपाई धनी बन्न सक्नुहुन्छ । जसले अलग अलग तरिकाको ‘स्टार्टअप’ को आइडिया दिने छ । त्यति मात्र नभएर त्यसका लागि प्रेरित पनि गर्न सक्छ । 

द सोसल नेटवर्क

डेभिड फिन्चरको निर्देशनमा बनेको यो फिल्ममा जेसी आइसेनवर्ग मुख्य भूमिकामा छन् । सामाजिक सञ्जाल फेसबुक निर्माणको इतिहास र त्यसले ल्याएको कानुनी उल्झनको विषय यसमा समेटिएको छ । 

रकेट सिंह

यो फिल्म मार्केटिङ पोलिसीसंग सम्बन्धित छ । जसमा शैक्षिक योग्यता राम्रो नभए पनि मेहनतबाट सफलता हासिल गर्न सकिन्छ भन्ने देखाउन खोजिएको छ । अर्थात् रणवीर कपूरको मुख्य भूमिका भएको यो फिल्म एउटा यस्तो युवकको कथा हो जो जसले आफ्नो पढाई पछि जीवन र पेसालाई सन्तुलनमा राख्न सफल हुन्छ । 

द परस्युट अफ ह्याप्पीनेस

यसमा विल स्मिथ मुख्य भुमिकामा छन् । यो एउटा यस्तो सफल बाबुको कथा हो जो बेघरबाट सफल व्यवसायीसम्मकाे यात्रा तय गर्छ 

तुमसे ना हो पाएगा

यो फिल्म मध्यम वर्गीय युवकको कथा हो । जो आफ्नो सपना पुरा गर्न धेरै मेहनत र प्रयास गर्छ । अन्ततः उसले नयाँ ‘स्टार्टअप’को सुरुवात गर्छ 

द वोल्फ अफ वा स्ट्रिट

यो हलिउड फिल्म जोर्डन बेलपोर्टको जीवनकथामा बनेको हो । जो धनी स्टक ब्रोकरबाट अपराधी बन्छ । 

गुरु

धिरुभाइ अम्वानीको समय र उनको जीवनमा आधारित यो फिल्ममा आफ्नो सफलताका लागि कतिसम्म निर्दयी हुनु पर्छ भनेर समेत देखाइएको छ। दाइजोमा मिलेको सम्पत्तिबाट कसरी एउटा महत्त्वाकाङ्क्षी व्यक्ति सफलताको उचाइमा पुग्छ भनेर फिल्म देखाइएको छ। सफल हुनका लागि महत्त्वाकाङ्क्षी हुनै पर्छ भन्ने सन्देश फिल्ममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?