मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विवाहित महिलाले किन लगाउँछन् मंगलसूत्र?

विवाहित महिलाले मंगलसूत्र या सानो पोते लगाएको तपाईँले अवश्य देख्नु भएको होला ! विवाहित महिलाले किन लगाउँछन् त मंगलसूत्र भन्ने बारेमा आज हामी चर्चा गर्ने छौँ ।

मंगलसूत्र वा पोतेलाई विवाहित महिलाको सम्पत्तिको रूपमा लिने गरिन्छ । मंगलसूत्र, पोते लगाउनु फेसन र धार्मिक परम्परा भन्दा पनि वैज्ञानिक कारण पनि जोडिएको छ ।

धार्मिक मान्यता अनुसार मंगलसूत्र लगाउँदा वा सानो पोतेको डोरो अनिवार्य रूपमा लगाउँदा पतिको आयु लामो विश्वास गरिन्छ ।

पोते र सिन्दुरलाई महिलाको सौभाग्यका रूपमा पनि राखिएको छ । तसर्थ हरेक महिलाले गलामा पोते, मंगलसूत्र र सिउँदोमा सिन्दुर लगाउने गर्दछन् ।

मंगलसूत्र लगाउनुको वैज्ञानिक कारण पनि रहेको छ । यो लगाउँदा शरीरको रक्तचाप नियमित हुनुका साथै नियन्त्रित पनि हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?